दुर्गेशले कुटपिट गरेको भन्दै पीडितले दिए प्रहरीमा उजुरी

काठमाडौं— गायक दुर्गेश थापाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका छन् ।
थापासहित तीन जनाको समूहले आफूमाथि कुटपिट गरेको क्षेत्रीको दाबी छ । घटना टोखामा शनिबार भएको हो ।
वृत्त प्रमुख डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए।
‘दुर्गेस जी बाहिर भएकाले भोली मात्र आउँछु भन्नु भएको छ। अब मंगलबार छलफल हुने छ’, डीएसपी जिसीले भने।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १२:५७













