News Griha :: न्यूजगृह
छिट्टै चीन भ्रमणको तयारी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै चीन भ्रमणको तयारी भएको बताएका छन् । 

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले एअर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउँदै चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए । 

राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको र चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:००
Weather Update