मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँः मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मन्त्री बनिसकेपछि आफू सिदा उठाएर हिँड्ने सोह्रश्राद्धको बाहुन जस्तो भएको बताए । उनले भने, ‘म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिदा उठाएर हिँडिहाल्नुपर्ने ।’
मन्त्री बनेपछि कामको चाप बढी हुने अनुभव गरिरहेको बताए । सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान आफूले गरेको मन्त्री किरातीले बताए ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १२:२९













