News Griha :: न्यूजगृह
पढेर विदेश जानै पर्दैन, नेपालमै अवसर छन् : केपी ओली

चितवन— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शुक्रबार आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए ।

विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए ।

उनले भने,‘एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।’

पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै बन्ने भन्दै उनले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २१:००
Weather Update