
काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेकाे बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रूपमा चिनेकाे बताएका हुन् ।
उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रूपमा पनि चिनेका बताए । जनताहरू निराश भएर विकल्प खोजिरहेका भन्दै केसीले कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए ।
उनले भने,‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रूपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रूपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन् ।’