प्रारम्भिक बालविकासबारे शिक्षा मन्त्रालयको यस्तो नीति

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास शिक्षालाई व्यवस्थित गर्ने नीति लिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै मन्त्रालयले सो कुरा बताएको हो ।
मन्त्रालयले शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका विद्यामान कार्यक्रम, आवको बजेटलाई मध्यनजर राखेर कार्यक्रम सार्वजनिक गरेको छ ।
‘बालविकास, हेरचाह र शिक्षाको समग्र दृष्टिकोणलाई एकीकृत रुपमा सम्बोधन हुने गरी प्रारम्भिक बालविकास तथा शिक्षालाई व्यवस्थित गर्ने । पूर्व प्राथामिक शिक्षाको अवधि निश्चित गरी समान बनाउने,’वार्षिक नीति, कार्यक्रम तथा बजेटमा भनिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १८:१८