यमनमा विद्रोहीको आक्रमणबाट चार सैनिक मारिए
एडेन— हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिक मारिएका छन् ।
हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको नाम उल्लेख नगर्ने शर्तमा एक जना अधिकारीले बताएका छन् ।
उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको जानकारी दिए ।
आक्रमणबाट सैन्य क्षेत्रलाई क्षति पुर्याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको जनाइएको छ ।
हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १८:०५