माओवादी नेता पुन स्वदेश फर्किने तयारीमा

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन स्वदेश फर्किने तयारी गरेमा रहेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनी यसै साता स्वदेश फर्किने तयारी गरेको पुन निकट एक नेताले जानकारी दिए ।
जन्डिसको मात्रा अहिले घटेको तथा स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताए । 'उहाँ (वर्षमान पुन) को स्वास्थ्यमा उल्लेख सुधार भएको छ । जन्डिसको मात्रा घटेको छ', ती नेताले भने 'स्वास्थ्यमा सुधार हुँदै गएको छ सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी छ ।'
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअपका लागि केही समय पहिले चीन गएका थिए ।
अहिले उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ११:५८