News Griha :: न्यूजगृह
३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन : उपाध्यक्ष अर्याल

काठमाडौं— राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छन् । 

शुक्रबार संसद् भवनमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीयहरूको भुमिका’ विषयक कार्यक्रममा उनले भनिन्, ‘अब हाम्रो लडाइँ स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो ।’

उनले महिलाका पार्टी बाहेकका साझा दायित्वहरू रहेकाले सबै एक भएर महिलाका हकहितका लागि लड्नुपर्ने बताइन् । महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले सामाजिक आर्थिक रूपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरूको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने बताइन् । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:३१
Weather Update