संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताएका छन् ।
शुक्रबार संसद् भवनमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका’ विषयक कार्यक्रममा संसद्मा विषयवस्तुहरू राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गरे । ‘पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ,’ उनले भने, ‘रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रूपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन ।’
संसद्मा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरूले आफ्ना धारणा राख्नु उचित हुनु बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १५:४८