News Griha :: न्यूजगृह
महालेखापरीक्षकको कार्यालयले झैँ सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्छ : सभामुख घिमिरे 

काठमाडौं— सभामुख देवराज घिमिरेले लेखापरीक्षकको कार्यालयले मात्र नभइ सबलै आ–आफ्नो क्षेत्रमा इमान्दारिता साथ काम गर्ने भावनाको विकास गर्न आवश्यक भएको बताएका छन् । 

शुक्रबार महालेखापरीक्षकको कार्यालयको ६५औँ वार्षिकोत्सवमा सभामुख घिमिरेले सबै निकायको काम जिम्मेवारीपूर्ण हुनुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो सङ्घीय लोकतन्त्रअन्तगर्त बनेको तीनवटै तहमा यसका प्रतिवेदन समयमा जाने र त्यसमाथि छलफल हुने गरे पनि निर्णय गर्ने कुराहरूमा केही कमीकमजोरीहरू रहेका छन् ।’ 

सभामुख घिमिरेले लेखापरीक्षकलगायत सबैले आफ्नो आफ्नो ठाउँबाट हरेक कुराहरू समयमा प्रस्तुत गर्न सके समस्याहरूको समाधान हुने बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:३९
Weather Update