कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, सातै प्रदेश सरकार एमालेमुक्त

काठमाडौं— नेकपा एमालेको नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार ढलेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका छन् ।
कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले तत्काल कायम रहेका ९३ प्रदेश सभा सदस्यमध्ये ८९ सदस्य उपस्थित भएका र विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको जानकारी दिए । विश्वासकाे मतकाे पक्षमा बहुमत नभएकोले मुख्यमन्त्री कार्कीले विश्वासको मतको लागि राखेको प्रस्ताव अस्वीकृत भएको सभामुख गौतमले घोषणा गरे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएसँगै सातै प्रदेश सरकार एमालेमुक्त भएको छ । एमाले–माओवादी गठबन्धन हुँदा कोशी सहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार बनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १३:४६