उपनिर्वाचनबारे छलफल गर्न राप्रपाको बैठक बस्दै

काठमाडौं— आगामी वैशाख १० गते हुनगइरहेको उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्ने भएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ ।
बैठकमा वैशाखमा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १०:१८













