सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै

काठमाडौं— सातै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुने भएका छन् । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।
उनीहरु शुक्रबार र शनिबार संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफलमा जुट्ने छन् । मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुने र घोषणा पत्र जारी हुनेछ । मुलुकमा प्रदेश संरचना सुरु भएपछि सातै प्रदेशका मुख्यमन्त्रीहरुको यो दोस्रो भेला हो ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० ०८:५६