News Griha :: न्यूजगृह
 राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको सालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताए ।

उनले जनतासँगको निरन्तर सान्निध्यता सँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै  लागि सेवा गर्ने उच्चतम् अठोट, प्रतिवद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यता सँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै  लागि सेवा गर्ने उच्चतम् अठोट, प्रतिवद्धता र समर्पणबाट  अभिप्रेरित हुनुपर्छ ।’


राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा स्व. जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए  ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:१३
Weather Update