उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना

छेन्दु/चीन— चीनको भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले बिहीबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।
उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युस्ट पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो ।
यसअघि उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्र र १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गरेका थिए ।
उनले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० २०:२५