News Griha :: न्यूजगृह
भारतकाे त्रिपुरामा रथले हाईटेन्सन तारलाई छुँदा ६ को मृत्यु, १५ जना घाइते  

काठमाडौं— भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथले ओभरहेड हाईटेन्सन तारलाई छुँदा ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् ।

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो ।

भारतीय सञ्चार माध्यमकाअनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १८:४३
Weather Update