News Griha :: न्यूजगृह
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
तस्बिर: प्रदीपराज वन्त।

काठमाडौं —  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित भएको स्रोतले बतायो ।

सभामुखको अधिकारमा अंकुश लगाउन खोजिएको भन्दै पछिल्लो समय आलोचनासमेत भइरहेको छ।  

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:३९
Weather Update