News Griha :: न्यूजगृह
समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छन् । 

बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन ।’

राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भए पनि नेपाली क्रान्ति सम्पन्न भइनसकेको उनले बताइन् । उनले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले गौतम बुद्ध देखि अन्य विचारकहरूले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको उल्लेख गरिन् । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:५९
Weather Update