News Griha :: न्यूजगृह
विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरूको लहर चलेको बताएका छन् । 

बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको बताएका हुन् । ‘राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ,’ उनले भने । 

उनले राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए । आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरू सफल हुन नसक्ने बताए । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १६:२७
Weather Update