News Griha :: न्यूजगृह
‘बोर्डिङले सरकारी स्कुल ध्वस्त बनाए’
राष्ट्रिय सभा सांसद खिमलाल देवकोटा । तस्बिर देवकोटाको फेसबुकबाट ।

काठमाडौं— सांसद खिमलाल देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका हुन् ।

उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरू ध्वस्त भएको बताए । उनले उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको बताए । उनले निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘नेपालको शिक्षाको अवस्था नाजुक छ । विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरू ध्वस्त भए । हुँदैछन् । उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान छ । निजी कलेज, स्कुलले शुल्क बढाउँछन् तर सरकार मौन छ ।’ सांसद देवकोटाले नेपालबाट दिनहुँ विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०८:४१
Weather Update