News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता भएकाे हाे ।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०९:४३
Weather Update