News Griha :: न्यूजगृह
साउदी अरबमा अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्याे,नेपाली सुरक्षा गार्डको मृत्यु

काठमाडौं— साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु भएको हो ।

बीबीसीका अनुसार अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको छ ।

बीबीसीकाे भनाइमा बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । ती व्यक्ति कारमा आएका थिए । अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ ।

घटनाबारे साउदी अरेबियाका सुरक्षा निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०९:०४
Weather Update