News Griha :: न्यूजगृह
सांसदको प्रश्न– विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ?

काठमाडौं— जनता समाजवादी पार्टी,नेपाल (जसपा) की सांसद रेखा यादवले आन्दोलनरत सामुदायिक विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले बुधबार बसेको संसद् बैठकमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उक्त प्रश्न गरिन् ।

उनको प्रश्न छ,‘किन श्रमशोषण गर्न खोजेको हो ? के ती कर्मचारीहरूलाई नाङ्गो नाच नचाउन खोजिएको हो ? भोकै मार्न खोजेको हो ? होइन भने अर्थ मन्त्रालयले छिटोभन्दा छिटो बजेट निकासा गरोस् ।’

उनले अर्थ मन्त्रालय सुतेको होकी सुतेकोजस्तो नाटक गरेको हो ? प्रश्न गर्दै माइतीघर मण्डलामा रिले अनशनमा सामुदायिक विद्यालयका कर्मचारी २५ वर्षदेखि ६५ वर्ष उमेरको भएको जानकारी सरकारलाई गराइन् ।

त्यसैगरी उनले विद्यालय सहायक लेखापालको ३२ हजार नौ सय २ र विद्यालय सहयोगीको २४ हजार सात सय २ माग राखिएको थियो तर उक्त माग अर्थ मन्त्रालयले कार्यान्वयनमा नल्याएको बताइन् ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:१२
Weather Update