News Griha :: न्यूजगृह
कस्तो रहला आज मौसम ?

काठमाडौं— देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०६:२५
Weather Update