News Griha :: न्यूजगृह
उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

छेन्दु/चीन— चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा बुधबार भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।

दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ ।

narayankaji srestha chaina 21687964370.jpg     

श्रेष्ठको कार्यतालिका

श्रेष्ठले बिहीबार ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’को उद्घाटन सत्रलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान शहरको भ्रमण एवम् प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।

सिचुवान एअरलाइन्सका पदाधिकारी तथा सिचुवान इन्भेष्टमेन्ट समूहसँग छलफल गर्ने कार्यक्रम छ । उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:४२
Weather Update