कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं— सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टीले मंगलबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।
कांग्रेसले अर्थसहित ८ मन्त्रालय दाबी गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ०७:४४













