सरकार थप बलियो भयो,पाँचै वर्ष टिक्छ : सांसद दाहाल

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् ।
उनले बजेट पारित भएसँगै सरकार थप बलियो भएको जनाए ।
संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिबद्धताका कारण बजेट सहजै पारित भएको बताए ।
उनले भने,‘यो सरकार त्यति कमजोर धरातलमा बनेको छैन । सरकार पाँच वर्षसम्म चल्छ । हाम्रो सत्ता साझेदार दलभित्र साझा सहमति छ । यो प्राकृतिक गठबन्धन छ ।’
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १९:१९