News Griha :: न्यूजगृह
संसद्मा सरकारमाथिको विश्वास घट्यो : एमाले अध्यक्ष ओली

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सरकारमाथिको विश्वास घटेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभामा मतदानमार्फत बजेट पारित भएलगत्तै उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौँ । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरू त्यसमा केही भनिरहनु परेन ।’

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:४६
Weather Update