News Griha :: न्यूजगृह
सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे
फाइल तस्बिर ।

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरू नै विश्वसनीय नभएको दाबी गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै खर्चको अनुमान र स्रोतहरू नै तथ्यपरक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुन नसक्ने जिकिर गरे । बजेटले महँगी, कालाबजारी बढ्ने उनको भनाइ छ । 

सांसद गैरेले भने, ‘यो सरकारले गरेका खर्चका अनुमानहरू नै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरू पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वभाविक रूपले गलत हुनेछ भन्ने मलाइ लाग्छ । त्यसकारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिँदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ । त्यो प्राप्त हुने देखिँदैन ।’

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:३८
Weather Update