News Griha :: न्यूजगृह
असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह
फाइल तस्बिर ।

काठमाडौं— प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गरे । 

उनले भने, ‘साधारण खर्च र पुँजीगत खर्चको जबसम्म डिफरेन्सेस कम हुँदैन । तबसम्म देश विकास हुँदैन । त्यसमा पनि पुँजीगत खर्चमा के हुन्छ भने मन्त्रालयले पैसामा कुर्लि मारेर बसेको हुन्छ । जब असार आउँछ रातारात काम नै नभएको बिल पेमेन्ट हुन थाल्छ । हरेक होटलहरू प्याक हुन थाल्छ । यो प्रवृत्ति कसरी खतम गर्ने ? देश विकासको सबभन्दा बाधक के हुन्छ भने असारे विकास । असारमा आउन बित्तिकै विकासको मूल फुट्न थाल्छ र चेक काट्न थाल्छ । त्यसकारणले अरू आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ । किनकी असारमा वर्षा सुरु भइसक्छ । त्यसकारणले असारे विकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ ।’ 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:२७
Weather Update