आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं— आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेकाे विनियोजन विधेयक २०८० लाई मत विभाजनमार्फत पारित गरिएको हो ।
मत विभाजन गर्दा १४७ मत विधेयकको पक्षमा र १०८ मत विपक्षमा परेको थियो ।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयकको पक्षमा बहुमत रहेकोले पारित भएको घोषणा गरे ।
बुधबारको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो ।
त्यसअघि सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उनले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए ।
तर, नेकपा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाएका थिए ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १६:४५