प्रतिपक्षको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं— प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वर्षको बजेटमा उल्लेख गरिएको जिल्ला निर्वाचन आयोग खारेज गर्ने प्रावधान हटाइएको व्यवस्था समेट्नुपर्ने माग राख्दै विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले प्राविधिक विषय मिलाएर फेरि बैठक बस्न १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १४:३५