News Griha :: न्यूजगृह
भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उनले वषौँदेखि डुंगुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताए । ‘वषौँदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महसुस गरेको छु,’ उनले भने । 

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबी समेत गरे । 

उनले आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर समेत गरे । ‘वषौँदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महसुस गरेको छु,’ उनले भने । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:००
Weather Update