News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने 

काठमाडौं— सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ । 

बुधवार बिहान संसद् भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको उनले बताए । 

उनले भने, ‘आज बिहान प्रधानमन्त्रीसँग बसेर हामीले छलफल गरेका थियौँ । हामीले उठाएका कुराहरू बजेटको प्रणालीमा सुधार गर्नेकुरा सम्बोधन गर्ने भनेपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।’

उनले बजेट प्रणालीमा सुधार हुने भएपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:३६
Weather Update