प्रतिनिधि सभा
हीन भावनाबाट माथि नउठेसम्म देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हीन भावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन नसक्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म विशेष रूपले अपिल गर्न चाहन्छु, केही हुँदैन अवस्था बदलिनेवाला छैन भन्ने हीन भावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन ।’
सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरेको भान भएको उनले बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्नेबारे कार्ययोजना तयार भएको उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० १२:३०