News Griha :: न्यूजगृह
पूर्वी पहाडी जिल्लामा खाद्यान्न तथा औषधिको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग 
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमालेका सांसद योगेश भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरूमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकीय वस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

उनले ताप्लेजुङ जिल्ला राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुनेगरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराए । उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:५०
Weather Update