News Griha :: न्यूजगृह
सत्तारूढ एकीकृत समाजवादी बजेटको पक्ष कि विपक्षमा ? 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले  संसदीय दलको बैठक आह्वान गरेको छ ।

उक्त बैठक बुधबार बिहान १०ः३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए । बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:४३
Weather Update