News Griha :: न्यूजगृह
शिक्षक दरबन्दी मिलान र थपबारे के भन्छन् शिक्षामन्त्री राई ?

 काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक दरबन्दी मिलान र दरबन्दी थपका सम्बन्धमा काम भइरहेको र रिक्त शिक्षकको विज्ञापन प्रकाशनका लागि तयारी भइरहेको जानकारी दिएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले शिक्षक दरबन्दीको विषयमा प्रस्ट पारेका हुन् ।

त्यसैगरी उनले संघय शिक्षा ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई यही असार ४ गते मन्त्रिपरिषद्मा पेस भएकाले चाँडै सदनमा पेस गरिने बताए । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:३४
Weather Update