News Griha :: न्यूजगृह
बजेटप्रति असन्तुष्ट दलको बैठक बस्दै

काठमाडौं— बजेटप्रति असन्तुष्ट सत्तारुढ दलको बैठक बस्दै छ ।

बुधबार संसदमा बजेट निर्णयार्थ प्रस्तुत गरिनुअघि असन्तुष्ट दलको बैठक साढे १० बजे बस्न लागेको हो ।

सरकारमा रहेका जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले बजेटबारे निर्णय लिन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

बुधबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट बजेट पास गर्ने तयारी छ ।

गत जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:०६
Weather Update