News Griha :: न्यूजगृह
यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं— देशका विभिन्न भू–भागमा बुधबार वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार यतिखेर देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

महाशाखाले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०६:२५
Weather Update