
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल सरकारबीच बुधबार (१२ असार) बसेको बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको बैठकमा विद्यालय कर्मचारीका मागबारे गृहकार्य गर्न अर्थ मन्त्रालयले समय माग गरेको नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले न्यूजगृहलाई जानकारी दिए ।
उनले भने,‘हाम्रा मागमा विशेषगरी तलबबारे गृहकार्य गर्न अर्थ मन्त्रालयले समय माग गरेको छ आजको बैठकमा । अर्थ मन्त्रालयले गृहकार्य गरी २/३ दिनभित्रमा पुनः वार्तामा बोलाउने भनेको छ ।’
विद्यालय कर्मचारीको नेतृत्वले आफ्नो अडान नछाडेपछि सरकारी वार्ता समिति सजग भएको छ ।
अध्यक्ष तिवारीले माइतीघर मण्डलामा रिले अनशन र वार्ता सँगसँगै हुने बताए । उनी भन्छन्,‘यता हाम्रो धर्ना जारी रहन्छ उता वार्ता पनि हुन्छ । हाम्रा माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।’
विद्यालय कर्मचारीको दरबन्दीको विषयमा भने नीतिगत प्रक्रिया अगाडि बढेको अध्यक्ष तिवारीले जानकारी दिए ।


1687876060.jpg)














