News Griha :: न्यूजगृह
सत्ता गठबन्धन अहिले लयमा छ,५ वर्ष नै चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं— नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्न नहुने बताएका छन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद कार्कीले सत्ता गठबन्धनमा भ्रम छरिएको बताए । उनले वर्तमान सत्तागठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताए ।

‘अहिले हामीले बनाएको गठबन्धन ५ वर्ष नै चल्छ । बीचमा अलिकति गडबढ भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो । जनताको चाहना पनि त्यही हो,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:४९
Weather Update