News Griha :: न्यूजगृह
सरकारले भ्रष्टाचारका फाइल खोलेको जनताले पत्याउँदैनन् : चित्रबहादुर केसी

काठमाडौं— राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको कुरा जनताले नपत्याउने टिप्पणी गरेका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सरकारले भ्रष्टाचारका फाइल खोल्नु भनेको ‘तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु’ जस्तो भएको टिप्पणी गरे ।

उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भए पनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए ।

उनले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उनले नेपाली जनतालाई यसमा विश्वास नरहेको बताए ।

उनले भने,‘भ्रष्टाचारका फाइल सरकारले खोलिरहेको छ भनेर नेपाली जनताले पत्याउँदैनन् । भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भन्ने नेपाली जनताको माग हो ।’

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:३३
Weather Update