News Griha :: न्यूजगृह
अदालतको अवहेलना मुद्दा : सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौं— अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग लिखित जवाफ माग गरेको छ ।

मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर बालेनसँग लिखित जवाफ मागेको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलको भनाइमा मेयर साहविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेर लिखित जवाफ माग गर्न आदेश भएको छ ।

उच्च अदालत पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि साहले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।

साहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा निवेदन पेस गरेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:११
Weather Update