अलिबाबाका संस्थापक ज्याक किन आए नेपाल ?

काठमाडौं— चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा नेपाल आइपुगेका छन् ।
उनी मंगलबार दिउँसो काठमाडौं आएका हुन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याक मा नेपाल आएको पुष्टि गरे ।
तर, उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:५३