जसपाको विधान अधिवेशन : अध्यक्ष यादवले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने

काठमाडौं— जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन मंगलबार सकिँदैछ ।
अधिवेशनको अन्तिम दिन आज छलफलमा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले दिने कार्यक्रम रहेको छ ।
आइतबार सुरु भएको विधान अधिवेशनमा अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदामा सोमबार १० वटा समूहमा छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो ।
आज उक्त समूहबाट आएको विचार र प्रश्नहरूको अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०८:०८