News Griha :: न्यूजगृह
 प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं— प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बैठक 
 बोलाइएको छ ।

दोस्रो अधिवेशनको ३६औं बैठकमा विभागीय मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, अर्थ मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र कृषि तथा पशुपन्छी विकास मन्त्रीले आफ्नो मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०७:२९
Weather Update