नुवाकोटको विदुर नगरका ईसीडी शिक्षक आन्दोलित

काठमाडौं— नुवाकोट जिल्लाकाे विदुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) आन्दोलित भएका छन् ।
पालिकाले हालसम्म पनि केन्द्र सरकारले तोकेको पारिश्रमिक नदिएपछि जिल्ला समिति तथा नगर समितिको संयुक्त आयोजनामा ईसीडी शिक्षकले धर्ना तथा विरोध आयोजना गरेका हुन् ।
सोमबार (११ असार) देखि सुरु गरिएको उक्त कार्यक्रम माग सम्बोधन नहुन्जेलसम्म जारी रहने शिक्षकहरूले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०७:०३