कस्तो रहला आज मौसम ?

काठमाडौं— हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहेको बताएको छ ।
मंगलबार कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र बाग्मती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानमा तथा बाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०६:११